दाङ १५ चैत्र । राप्ती अञ्चल अस्पताल तुलसीपुरले अस्पताल तुलसीपुरले आफ्नै स्वामित्वको फार्मेसी सेवा शुरु गरेको छ । अस्पतालले मंगलवार एक कार्यक्रम गरी फार्मेसी सेवाको उदघाटन गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ काफ्लेले उद्घाटन गरेका हुन् । स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिए पछि अञ्चल अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो ।
17522622_1485367151487871_462208187508304058_n
नेपाल सरकारको फार्मेसी सञ्चालन निर्देशीका २०७२ अनुसार स्वास्थ्य मन्त्रालयको १५ लाख वजेटवाट अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो । अञ्चल अस्पतालले फार्मेसी सेवालाई प्रभाबकारी बनाउनका लागि सफटवयर , सिसि क्यामेरा, कम्प्युटर सेट,फर्निचर ,व्यट्री ,इन्भर्टर, ¥याक ,फ्रिज आदिको व्यवस्थापन गरेको छ । फार्मेसी सेवा सञ्चालनका लागि आन्तरीक श्रोतवाट ४ जना कर्मचारी पनि नियुुक्ति गरेको छ । एकजना फार्मेसिस्ट, ३ जना फार्मेसी सहायक र दुइजना कार्यालय सहयोगीको ब्यबस्थापन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

फार्मेसी सेवाको उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी काफलेले विरामीले औषधि खरिदमा चर्को मुल्य तिर्नुपर्ने वाध्यताको अन्त्य भएको भन्दै अव यसको थप विकासमा तुलसीपुरवासी एक हुनुपर्ने वताए । कार्यक्रममा नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मीले अञ्चल अस्पतालवाट नागरीकहरुले अञ्चल स्तरीय स्वास्थ्य सेवाको अपेक्षा राखेको भन्दै जनअपेक्षा अनुसार सेवा विस्तार गर्न अस्पताल बिकास समितिलाई अनुरोध पनि गरेका छन् ।

राप्ती अञ्चल अस्पताल स्थापना भएदेखी नै फार्मेसी सेवा सञ्चालन गरेको साझा फार्मेसीलाई भने अस्पतालले आफनो अस्पतालको हाता अगाडिको भवनमा फार्मेसी सञ्चालनको अनुमति दिएको छ । त्यसको स्थानियहरुले रोष प्रकट गरेका छन ।

श्रोतका अनुसार अस्पताल विकास समितिका निवर्तमान अध्यक्षको पदाअबधि सकिएको र नयाँ अध्यक्षको नियुक्ति नभएको अबस्थामा अस्पताल प्रशासनले तुलसीपुर क्षेत्रका सरोकारवालाहरु संग छलफल नै नगरी साझालाई जग्गा उपलब्ध गराएको जानकारहरु वताउँछन् ।

राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी लोकनाथ काफलेको प्रमुख आतिथ्यतामा कायक्रम भएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन डा.विनोद सिङले स्वागत गरेको कार्यक्रमकाने सहजीकरण शाखा अधिकृत महेन्द्रराज शर्माले गरेका थिए ।