रबिन्द्र यादव

पराम्परागत तरिकाले खेती गर्दै आएका नवलपरासीका केही किसानहरु आधुनिक प्राविधिक सहयोग पाएसँगै कृषिमा रमाउन थालेका छन् । जिल्लामा कार्यकरत सिम्मिट ईन्टरनेसनल नामक गैरसरकारी संस्थाले खेतीपातीका लागि किसानहरुलाई प्राविधिक क्षेत्रमा सहयोग गरेसँगै अहिले उनिहरु प्राविधिक कृषि तर्फ होमिदै गएका छन् ।

17619573_1874955382763284_1720078011_nपरम्परागत रुपमा खेति गर्दा सिँचाईमा समस्या , खर्च धेरै लाग्ने , समय धेरै खपत हुने तर खेति योग्य जमिनमा पनि कम उब्जाउ हुने गरेको र दैनिक गुजारा चलाउँन समेत कठिनाई हुने गरेको उनिहरुको भनाई छ । तर अहिले प्राविधिक कृषि तर्फ लागेका किसानहरुको खर्च कम हुने , बैज्ञानिक तरिकाले माटोको उर्बराशक्ति पनि ह्रास नहुने भएकाले आफुहरु प्राविधिक कृषिवाट लाभान्वित भएको रामग्राम पटखौलीका अर्जुन चौधरीले बताउनु भयो ।

जिल्ला कृषि बिकास कार्यालय नवलपरासीको सहकार्यमा जिल्लाका बिभिन्न क्षेत्रका किसानहरुलाई लाभान्वित बनाएको सिम्मिट संस्थाको प्राविधिक सहयोगमा जिल्लामा ७ हजार हेक्टर क्षेत्रफलमा गँहु खेती र ५ हेक्टर क्षेत्रफलमा मक्कै खेती गरिएको सिम्मिट संस्थाका कार्यक्रम संयोजक सालिन आचार्यले जानकारी दिनुभयो । सिम्मिटको प्राविधिक सहयोगमा गरिएको गँहु तथा मक्कै खेतीको जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ कृषि बिकास अधिकृतको उपस्थिीतीमा अनुगमन समेत गरीएको छ ।

अनुगमनको क्रममा रामग्राम नगरपालिकाको पटखौली र बर्दघाट नगरपालिका, साविकको जहदा गाविस स्थित धनेवामा मेसिनद्धारा छरेर गरिएको मक्कै खेतीको अुनगमन गरीएको थियो । सो क्रममा सिम्मिटको प्राविधिक सहयोग मार्फत करिब १ बिगहामा मक्कै खेती गर्दै आएका किसान खुमानन्द पन्तले मात्र ३५ हजारको खर्चमा करिब १ लाख २० हजार आम्दानी गर्दै आएको बताउनु भयो । सिम्मिटको प्राविधिक सहयोगमा किसानहरुको सफलता देखेपछि जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेजनरायण गैरेले सिम्मिटले आफ्नो सेवा बिस्तार गरि अन्य क्षेत्रका किसानहरुलाई समेत सेवा दिनुपर्ने धारणा राख्नु भयो ।

हाल रुपन्देहीको भैरहंवामा कार्यालय स्थापना गरि नवलपरासी , रुपन्देही र कपिलबस्तुका किसानहरुलाई प्राविधिक सेवा दिदै आएको संस्थाले ति जिल्लाका कृषि बिकास कार्यालयको सहयोगमा बिभिन्न प्राविधिक सेवा , कृषकलाई तालिम , कृषक भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गरी किसानहरुलाई प्राविधिक कृषि तर्फ आकर्षित गर्दै आएको छ ।