काठमाडौं, १ माघ । २ सय ३६ दर्ता नम्बर रहेको चाइना रेलवे इन्टरनेशनलको प्रस्तावपछि भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रेल विभागले समेत केरुङ–काठमाडौं–लुम्बिनी र केरुङ–पोखरा रेलवेको डिपीआर (विस्तृत अध्ययन प्रतिवेदन) का लागि चासो देखाउन थालेका छन्।

images-cms-image-000012011त्यसैअनुसार केही चिनियाँ रेलवे कम्पनीहरुले काठमाडौंसम्म रेल जोड्ने सम्भाव्यता अध्ययन (फिजिविलिटि सर्भे) प्रतिवेदन नेपाल समक्ष पेश गरिसकेका छन्। पछिल्लो पटक ११ पुसमा मात्रै चाइना इन्टरनेश्नल ग्रुप प्राइभेट लिमिटेड अर्को प्रस्तावक कम्पनीको रुपमा रेलवे विभागमा दर्ता भएको छ।

मंसिरको अन्तिम सातातिर प्रधानमन्त्री दाहाललाई चिनियाँ रेलवे कम्पनीका अधिकारीले भेटेर रेल निर्माणको प्रस्ताव पेश गरे। त्यसलगत्तै दाहालले यसबारे चासो बढाए। उनले रेल विभागका महानिर्देशक सन्तोष आचार्यलाई बालुवाटार निवासमा बोलाएरै यसबारे छलफल गरे।

दाहालले आचार्यलाई चिनियाँ रेलवे कम्पनीको प्रस्ताव हस्तान्तरण गर्न लाग्दा आचार्यले सो प्रस्ताव पाइसकेको बताएपछि प्रम दाहाललाई रेल विभागले ढाँटेको अनुभूति भयो।

किनकी प्रधानमन्त्री दाहालले चिनियाँ रेल जोड्ने के कस्तो प्रगति भइरहको छ भनेर जिज्ञासा राख्दा आचार्यले चिनियाँ कम्पनीको प्रस्तावका बारेमा समेत अनविज्ञता प्रकट गरेका थिए।

निर्देशक आचार्यले ढाँटेको अनुभूति भएपछि डिपीआरका लागि तत्काल प्रक्रिया थाल्न निर्देशन दिएको प्रम दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।