kriya-purti

तुलसीपुर, १९, पुस ।  स्वर्गिय बीरबहादुर खत्रीका परिवारलाई सहयोग रकम जुट्ने क्रम जारी रहेकोछ । तुलसीपुर १ राना गाँउ निवासी खत्रीको ३५ बर्षको उमेरमा पुस ९ गते क्यान्सर रोगवाट मृत्यु भएको थियो ।

दाङ तुलसीपुरलाई कर्मथलो बनाएका तर सल्यान बाफुखोला बासीहरुको संस्था सल्यान बाँफुखोला दाङ सेवा समाजले सोमवार राना गाँउ पुगेरका खत्रीका परिवारलाई सहयोग गरेको छ । समाजका संयोजक कर्णबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा मृतककी पत्नि सीतला खत्रीलाई ११ हजार एक सय एक रुपंैया सहयोग रकम हस्तान्तरण गरिएको समाजका सचिव रुपबहादुर खत्रीले जानकारी दिए ।

मृतककी श्रीमती सीतला खत्री बाफुखोला कै चेलि भएकोले सहयोग गरिएको सचिव खत्रीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा समाजका सह–संयोजक कर्णबहादुर भण्डारी, कोषाध्यक्ष भुपेन्द्र प्रकाश केसी, सदस्य टेक प्रकाश केसी, मृतकका बुवा अति राम खत्री लगायतकाले मनतब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण समाजका सदस्य तिलकराज वलीले गरेका थिए ।