लक्ष्मण रसाइली ‘समर्पण’
कतार, ७ मङ्सिर । देशको बेरोजगारी को समस्या, स्वदेशमै बसेर आफ्नो दैनिकी गुजार्न धौ धौ पर्ने भएको हुनाले दिनानुदिन बिदेश पलायन हुने युवाहरू मध्य एक हुन ललित बुढामगर। समाजका अती निम्न बर्गका, साझ बिहान छाक टार्न समेत धौ धौ हुने भएको हुनाले मनभरी सुन्दर सपना सजायर केही कमाउछु र आफ्नो बालबच्चा हरुको पालन पोषणमा सहजता ल्याउछु भनेर ३० महिना अघि रोजगार को शिलशिलामा कतार आएका चौखाबाङ ९ गलम्पाटिका रुकुम का ललित बुढामगर को यति बेला ती सुन्दर सपना हरुमा बिच  बाटोमा ठूलो ठेस लाग्न पुगेको छ।

lalit

सदाको दिन झै डिउटी लाई निरन्तरता दिदै गरिरहदा गम्भीर दुर्घटनामा परेको पनि १ बर्ष भैसकेको छ। कतारको एक प्रतिष्ठित आल्मुनियम कम्पनिमा काम गर्दा गर्दै फलामको टुक्राले शरिरको संबेदनसिल अङ्ग टाउकोमा गहिरो चोट लागेको हो। टाउको मा गहिरो चोट लागे पछि उपचारका लागि कतारको रुमिल्लाह अस्पताल मा भर्ना भएका बुढामगरको अहिले सम्म पनि राम्रो सङ होस खुल्न सकेको छैन ।

ललित बुढामगरको स्वास्थ्य अवस्था लाई बुझ्न  रोल्पा जलजला सेवा समाज कतारका महासचिव चोम बहादुर बिष्ट अस्पताल पुगेर ललित अहिले सम्म उपचारकै क्रममा रहेको र  पहिलेको भन्दा अहिले केही सुधार हुँदै आएको र पुर्ण रुपमा निको हुन ठ्याक्कै यति समय लाग्ने भन्न नसकिने अस्पताल बाट जनाइएको बताउनु भएको छ।

बिगत १ बर्ष देखि अस्पताल को शैयामा छटपटाइ रहेका बुढा मगरको उपचार मा सरलता र उनको घर परिवारलाई पनि केही राहत पुर्‍याउने मनशायले रोल्पा जलजला सेवा समाजका महासचिव  बिष्ट ले आफू कार्यरत कम्पनीमा आर्थिक सहयोग संकलन कार्य थालनी गर्नु भएको छ र अबको केही दिनमै संकलित सो रकम पिडित र पिडित का आफन्त समक्ष हस्तान्तरण गर्ने बिष्ट ले बताउनु भएको छ।