
देउखुरी ४ मंसिर । देउखुरीमा एक जना बालकको डुबेर मृत्यु भएको छ । दाङको गंगापरस्पुर–५ बस्ने १४ बर्षीय सामकुमार चौधरीको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । मृतक चौधरीको ट्याक्टरमा ढुङ्गा लोड गर्न गएको समयमा राप्ती नदीको दङ्गाली छाप कुलोको बाँधमा डुबेर कार्तिक २७ गते मृत्यु भएको थियो ।
गंगापरस्पुरको पर्सेनी स्थित दिपेन्द्र निमाबि कक्षा–७ मा पढ्ने रामकुमार चौधरीलाई बालस्रमिकको रुपमा प्रयोग गर्दा उनको मृत्यु भएको भन्दै परिवार जनले क्षतिपुर्तीको माग गरेका छन् । दिपेन्द्र निमावीमा अध्यनरत कक्षा–६ मा पढ्ने १४ बर्षिय मधुसुदन अधिकारी, दिपेन्द्र परियार, कक्षा ८ मा पढ्ने १५ बर्षीय यमबहादुर कुँवर, कक्षा ८ का १४ बर्षीय रामु गिरी र कक्षा ५मा पढ्ने १३ बर्षका हेमन्त खत्री पनि वाल मजदुरको रुपमा टेक्टरमा लोड–अनलोडका लागि प्रयोग गर्ने गरिएको बिद्यालयका प्रधानाध्यापक लालबहादुर भण्डारीले जानकारी दिए ।
विद्यालय प्रशासन र अभिभावकले बालवालिकालाई गम्भिर प्रकृतिका काममा नलगाउन सम्विधत सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।











