काठमाडौं, ४ कार्तिक । कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी आयुक्त दीप बस्न्यातले सम्हालेका छन् । लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव गर्दा भएसगैँ निलम्बित भएपछि विहीबारदेखि बस्न्यातले प्रमुखको जिम्मेबारी सम्हालेका हुन् । प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थालेका अख्तियार प्रवक्ता गणेश कार्कीले बताए ।
उनले भने – ‘संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था छ, संवैधानिक आयोग संविधानअनुसार नै चल्छ ।’ आयुक्त दीप बस्न्यातले आजैबाट काम थालेका छन् ।
बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । निजामति सेवामा रहँदा अतिरिक्त कमाउ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा बसेका बस्न्यात आफ्नो सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका थिए ।











