काठमाडौं, २९ असोज । नेपाल एसिया कपका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा आज थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई एसिया कपमा खेल्न पाउने भएको हो ।

15102016030115cricket-1-1000x0एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । त्यसैले विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको हो ।