काठमाडौं, ७ असोज । थारु समुदायको सामाजिक, सांस्कृतिक जनजीवनमा आधारित चलचित्र ‘झुम्की’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । अपिल विष्टले पहिलोपल्ट निर्देशन चलचित्र ‘झुम्की’ मा द्वन्द्वकालको अवस्थालाई समेटिएको निर्माण पक्षले जनाएको छ ।
नारीलाई प्रधानता दिएर चलचित्र बनाइएको समेत निर्माण पक्षले बतायो । निर्देशक विष्टको लगानी रहेको सो चलचित्र सिनेमा आर्टस्को ब्यानरमा बनेको हो । रामबाबु गुरुङले थारुका विषयमा लेखेको कथामा स्थानीय थारु भाषाको प्रयोग गरिएको छ ।
‘झुम्की’ मा दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरी, मलिना जोशी, निश्चल बस्नेत, विजय बराल, सुष्मिता कार्की, प्रेमबहादुर खड्कालगायतको अभिनय रहेको छ ।
रिश्माले चलचित्रमा मुख्य पात्र झुम्कीको भूमिका निर्वाह गरेकी छन् । द्धन्द्धकालमा थारु समाजमा परेको राजनैतिक तथा सामाजिक प्रभावलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ । चलचित्रमा कालीप्रसाद बास्कोटा र हेमन्त रानाको सङ्गीत रहेको छ ।











