काठमाडौं, ४ असोज । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका ४६ नेपाली विचल्लीमा परेका छन् । ५ महिना अघि साउदी अरवको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनीमा कार्यरत उनीहरु बिचल्लीमा परेका हुन् ।

saudi-arabसुरुमा कम्पनीमा राम्रै व्यवहार भएपनि पछिल्लो समय काम नदिइएको र तलब नपाउँदा विचल्लीमा परिएको पीडित मध्येका एक उदरपुरका ओमराज कार्कीले जानकारी दिए । ‘काम पनि छैन र तलब पनि दिइएको छैन, चाँडै उद्दारको पहल नगरिए हामी भोकभोकै बस्नुपर्ने अवस्था आउँछ’, उनले भावुक हुँदै भने ।

आफूहरुले कम्पनीलाई कि काम दिन त कि नेपाल फर्काउन आग्रह गरे पनि जहिल्यै काम दिन्छौं भनेर टार्ने गरेको पीडितहरुको भनाइ छ ।
काठमान्डौस्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पननीलाइ जनही ८५ हजार देखि १ लाख रुपैयाँसम्म रकम तिरेर गत बैशाख २३ गते उनीहरु साउदी पुगेका थिए । अलपत्र परेका पिडित नेपालीहरुलाई संचार सुबिधाबाट समेत बञ्चित गराइएको छ ।

बिचल्लीमा परेकाहरुको नामावली यसप्रकार छ

१– ओम राज कार्की
२– मान बहादुर परियार, तनहुँ
३– कनक राउत, उदयपुर
४– गङ्गा बहादुर बिस्वाकर्मा, झापा

५– भबिन कार्की, उदयपुर
६– केदार कुमार कार्की, उदयपुर

७– पन्चु बुढा, रौतहट
८– मान बहादुर राउत, दाङ
९– खुसीलाल कुमार ठाकुर, सिन्धुलि

१०– मित्रलाल बुढाथोकी, दाङ्ग
११– दिपेन्द्र कुमार यादब , सप्तरी
१२– सुकराम पाखृङ्ग, मकवानपुर

१३– बिजय पाखृङ्ग, रौतहट

१४– दिपक तामाङ , धादिङ
१५– मानविर बोहरा , सल्यान
१६– श्री कुमार राई , खोटाङ
१७– सरोज तामाङ , सिन्धुपाल्चोक
१८– कसलिन्द्र राम , रौतहट
१९– दिल बहादुर गुरुङ , तनहुँ
२०– रोसन मन्डल , महोत्तरी

२१– कमल क्षेत्री , कास्की
२२– सुर्यलाल चौधरी , दाङ
२३– सन्तोष पौडेल , दाङ
२४– रम डि गलाब , सिराहा
२५– पुनम अधिकारि , संखुवासभा

२६– शिव राज सुवेदी , संखुवासभा

२७– डम्बर बहादुर बस्नेत , उदयपुर
२८– मनोज आचार्य , उदयपुर

२९– सुनिल तामाङ , उदयपुर

३०– येज्ञ बहादुर तामाङ , उदयपुर
३१– मनोज कार्की , उदयपुर

३२– सुर्य कुमार मगर , उदयपुर

३३– सन्जय परियार , स्याङ्जा

३४– राजेस बुढाथोकी , उदयपुर
३५– केसब कुमार बस्नेत , उदयपुर

३६– बिकास तामाङ , काभ्रेपलान्चोक

३७– चित्र बहादुर तामाङ , काभ्रेपलान्चोक

३८– शिव लाल लोहार , बैतडी
३९– गणेश लोहार , बैतडी
४०– करन सिंह जागरि , बैतडी
४१– कान्छा तामाङ , सिन्धुपाल्चोक
४२– रेहित धामी , सिन्धुली
४३– सुरेस चौधरी , सिराहा
४४– राम ध्यान पास्वान , रौतहट
४५– किडो पार्की बैतडी
४६– पुस्ट बहादुर लुङ्गेली