घोराही, ३ असोज । भोलि देखि साझा प्रकाशन मुख्य शाखा कार्यालय घोराहीले बृहत पुस्तक प्रदर्शनी शुरु गर्ने भएको छ । घोराही ११ को मधुवन टोलमा रहेको शाखामा विभिन्न प्रकाशनमा व्यापक छुट गरीने छ ।
दशै तिहारको अबसरमा पुस्तक खरिदमा असि प्रतिशत सम्म छुट दिने बताएको छ । शाखा प्रमुख सतिश मजगैयाका अनुसार असोज चार गते देखि २१ गते सम्म छुट कार्यक्रम लागु हुने छ । पुस्तक प्रदर्शनिमा जनक शिक्षाका प्रकाशनमा नौ प्रतिशत, अन्यमा २० प्रतिशत, साझाका २५ प्रतिशत र गरीमाका पुराना अंकमा असि प्रतिशत छुटको व्यवस्था गरीएको छ । कार्यालय समयमा मात्रै खुला रहने साझाले बताएको छ ।
भर्खरै करीव चार लाख मुल्यका नया पुस्तक झिकाएको सोरुम ईञ्चार्ज शुरेन्द्र भुसालले जानकारी दिनुभयो । उहाका अनुसार ग्राहकले खोजेका नया तथा पुराना पुस्तक दिन सक्ने गरी साझाले तयारी गरेको छ । केहि समय हट्न लागेको त्रास फैलिएपनि झन् व्यवस्थित बनाईएको छ । केन्द्र बाट माग भए अनुसार सबै पुस्तक आएका छन् ।
आईतवार सम्म सबै तयारी पुरा गरीएको भुषाले जानकारी दिनुभयो । मंगलवार देखि प्रदर्शनि शुरु गरीने भएको छ । शोरुममा पुस्तक खचाखच भरिएका छन् । गोदामहरु प्नि पुस्तकले भरी भराउ पारीएकोछ । केहि प्रति गरीमा पनि आएको जनाएको छ । साझा प्रकाशनले गरीमाको २०७२ मंसिर देखि २०७३ असार सम्मको संयुक्तांक पठाएको छ ।











