इन्द्रेणी संवाददाता
घोराही, ३ असोज । सिद्धार्थ एकेडेमी आवासीय माविमा स्काउट एकाइ गठन गरिएको छ आज एक कार्यक्रमको आयोजना गरी स्कुलका प्रिन्सिपल तिलबहादुर घर्ती मगरको अध्यक्षतामा पाँच सदस्यीय एकाइ गठन गरिएको हो ।
सदस्यहरुमा शिक्षकहरु विहरनु चौधरी, भुवन आचार्य, र सिर्जना केसी छन् भने सदस्य सचिवमा स्काउट शिक्षक सुदिप कुमार श्रेष्ठ छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि औपचारिक शिक्षासँगै व्यावहारिक तथा सिर्जनात्मक शिक्षाको आवश्यकता पर्ने कुरामा आइतबार घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।










