onsari-ghartiकाठमडौ २ असोज ।  सभामुख ओनसरी घर्ती आज चीन जाँदैहुनुहुन्छ ।

संविधान दिवसका अवसरमा साँझको चियापान कार्यक्रमपछि सभामुख घर्ती नेतृत्वको आठ सदस्यीय टोली आजराति ११ बजे चीन भ्रमणमा जानेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागको निमन्त्रणामा सभामुख घर्ती नेतृत्वको टोली साताव्यापी भ्रमणमा जान लागेको हो । टोलीमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन, सभामुखका स्वकीय सचिव बाबुलाल पुन, उपसचिव सुरज दुरा, कानुनी सल्लाहकार दिनमणि पोखरेल तथा दुई सुरक्षाकर्मी छन् ।

चीनको गेन्स प्रान्तमा आयोजना हुने सिल्करोडसम्बन्धी कार्यक्रममा भाग लिन सभामुखको टोली त्यसतर्फ जान लागेको हो । त्यहाँ रहँदा सभामुखको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चपदस्थ अधिकारीसँग पनि भेटघाटको कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । टोली असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।