काठमाडौ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालतले लडाकु शिविरमा भएको अनियमितिा छानविन शुरु गरेको वेला नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अख्तियारले आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएका छन् । ‘यो शान्ति प्रक्रियासँग समबन्धि विषय हो । यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरुरी छैन । यसलाई बार्गेनिङ टुल्सका रुपमा प्रयोग गर्न खोजिदैछ’ नेता पुनले भने ।
अख्तियारले माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेताहरुलाई ३० दिनभित्र बयानका लागि बोलाएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमते रहेका प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला शुक्रबार मात्रै अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषणा र अन्य नाममा गएको रकमबारे छानविन अघि बढाएको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै बाहिर ल्उाने जनाएको छ ।











