दाङ, ३१ भदौ । दाङको गोग्ली स्थित घोराही सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन । उद्योगमा कार्यरत कामदारहरुले तलब बृद्धि, कर्मचारीहरुको सुरक्षा, रोजगारीको ग्यारेन्टी, आवास तथा खानाको व्यवस्था, यातायात सुविधा लगायतका ४३ वुंदे माग राखेका छन । Cement_Ghorahi (1)गत जेठ महिनामा आफ्ना विभिन्न मागहरु उद्योग प्रशासनलाई बुझाएर सुरु भएको आन्दोलन १ सय २५ दिन पुगिसक्दा पनि माग सम्बोधन गर्नेतर्फ उद्योग प्रशासन उदासिन देखिएको उनीहरुले वताएका छन । कामदारको पक्षमा आवाज उठाउँदै आएको नेपाल कारखाना श्रमिक संघ र उद्योग प्रशासनबीच पटक पटक छलफल हुँदा समेत कुनै निष्कर्षमा पुग्न नसकेको संघका अध्यक्ष विमल पौडेलले वताउनुभयो ।समान काममा पनि कम्पनीले नेपाली कामदारभन्दा भारतीय कामदारलाई धेरै तलब दिने गरेको र उनीहरुलाई खाना तथा बस्नको सुविधा दिए पनि नेपाली कामदारहरुलाई तलब बाहेक अन्य कुनै सुविधा नदिएकाले आफूहरु आन्दोलनमा उत्रनु परेको संघका कोषाध्यक्ष युवराज देवकोटाको भनाइ छ ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु पनि २ सय ४० दिनभन्दा बढी काम गरेपछि उद्योगले उनीहरुलाई नियुक्ति दिनुपर्ने श्रम व्यवस्था भए पनि यसतर्फ पटक पटक ध्यानाकर्षण गराउँदा समेत उद्योग प्रशासन मौन रहेको उहाँको भनाइ छ ।।