इन्द्रेणी संवाददाता

लमही, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मधेसीका समस्या आपसी सहमतिमा समाधान गर्न सकिने बताएका छन् । आज दाङको लमहीमा आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै थापाले सबै दलको सहमतिमा समस्या समाधानको खोजी गर्न सकिन बताए ।

former-home-minister-and-rpp-nepal-chairman-kamal-thapa-700-1050915राप्रपा नेपाल क्षेत्र नं. १ ले आयोजना गरेको जनसभामा अध्यक्ष थापाले मधेसको समस्या नेपालको आन्तिरक समस्या भएकाले यसलाई वाहिर लैजान नहुँने धारणा राखे । ‘मधेसमा जति पनि समस्या देखिएका छन्, यी सबै हाम्रा समस्या हुन’, उनले भने, ‘यसलाई कुनै वाहिय हस्तक्षप गरिनुह्दैन, यो हामी आफैले आपसि सहमतिमा समाधान गर्न सक्र्छाै ।’

सभाका प्रमुख अतिथि समेत रहेका अध्यक्ष थापाले यसअघिको सरकारमा रहदा नेपाललाई भारतले लगाएको नाकावन्दीको समस्या समाधान गर्न आफूले परराष्ट्रमन्त्रीको हैसेतले समाधानका लागि पहल गरेकोसमेत दावी गरे ।

क्षेत्रीय सभापति विनोद केसीको अध्यक्षतामा भएको जनसभामा राप्रपा नेपालका केन्द्रिय स्तरका नेताहरुले सम्वोधन गरेका थिए । महामन्त्री राजेन्द्र लिङ्देल, धवल समशेर राणा, केन्द्रिय सदस्य सुशील श्रेष्ठ, चार नम्वर प्रदेशका संयोजक हेमजंग गुरुङ्ग, केन्द्रिय सदस्य रमानन्द न्यौपानेलगायतले बोलेका थिए ।