सल्यान २८, भदौ । रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक जनाको ज्यान भएको छ । घाँजरी पिपल ७ संग्रहीका ४३ वर्षिय ज्ञान वहादुर वलीको ज्यान भएको हो । १ वर्ष अघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई गयराति डव्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको वेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।
वलीको उपचारका क्रममा आज विहान ज्यान गएको उनकी श्रीमती सन्तु वलीले जानकारी दिनुभयो । वलीको शव मलेसियाकै अस्पतालमा रहेकोले शव ल्याउनका लागि सहयोग गरिदन उहाँले आग्रह गनुएभएको छ । मृतक वलीका १ श्रीमती, २ छोरी र १ छोरा रहेका छन् ।।











