दाङ, २४ भदौ । जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सनी विरुद्धको सचेतना अभियानलाई तीव्र बनाईएको छ । यसै क्रममा किसान जागृत युवा क्लब घोराही– २ क्वाडीमा लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।lagu-auasad-gaun

सामुदायीक प्रहरी सेवा केन्द्र दाङसँगको समन्वयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सचेतना कार्यक्रमलाई ग्रामीणमुखी बनाउन आवश्यक भएको बताएका थिए ।2क्लबका अध्यक्ष लक्ष्मीमान चौधरीको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले लागु औषध भनेको के हो, लागु औषध दुव्यर्सन, दुव्यर्सनी बन्नुका कारण, लक्षण, असर, बच्ने उपाय लगायतका विषयमा प्रशीक्षण दिनुभएको थियो ।dsp-prakas

साथै उहाँले प्रहरी, सामुदायीक प्रहरी, प्रहरीको काम, कर्तव्य र अधिकार, अपराध नियन्त्रणकालागी नागरिकको भूमीका लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पत्रकार सन्तोष सुवेदी, सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतललगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले अपराध नियन्त्रणकालागी र समाजमा शान्ति सुरक्षा कायम गर्नकालागी लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।।