sambidhanकाठमाडौँ, २१ भदौ । नेपालको संविधान जारी भएको दिन संविधान दिवस भव्य रूपमा मनाउन गठन गरिएको मूल समारोह समिति अन्तर्गत प्रचारप्रसार उपसमितिको बैठक सोमबार उपसमितिका संयोजक तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको अध्यक्षतामा बस्यो ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालय मातहतका निकायलाई संविधान दिवसलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । मन्त्री कार्कीले असन्तुष्ट पक्षका आवाजलाई सम्बोधन गर्न संविधान संशोधन गर्न सकिने बताउनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारी सञ्चारमाध्यमलाई संविधान दिवसमा संविधानसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्न आग्रह गर्नुभयो ।