prakash man sighकाठमाडौं, २० भदौ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मधेस लगायत असन्तुष्ट क्षेत्र र समुदायका माग सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । भाषण मात्र गरेर देशका समस्या समाधान नहुने भएकाले ब्यवहारमा देखिनेगरि सरकारले काम थाल्नुपर्ने उहाँको भनाई छ ।

नेपाल तरुण दल काठमाडौं जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले स्थानीय तहको सिमाङ्कनको विवाद टुंग्याउन तथा मधेसी लगायत समुदायको असन्तुष्टि टुंग्याएर चुनावको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कांग्रेसको अगुवाईमा नयाँ सरकार बनेकाले अब कांग्रेसले नै अग्रसरता लिएर राजनीतिक सहमतिको खोजी गर्नुपर्नेमा नेता सिंहले जोड दिनुभयो । कार्यक्रममा कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाणले अहिलेका समस्या समाधानका लागि पहलकदमी लिन सरकार तयार रहेको र त्यसको तयारी भइरहेको पनि बताउनुभयो ।