गिरिराज नेपाली
घोराही । तुलसीपुर २ रक्षाचौरका दृष्ट्रिविहिन परिवार लाई तिहारमा नयाँ घर उपहार दिने भएको छ । हरितालिका तिजको अवसरमा दर स्वरुप खाद्यान्न सहयोग हस्तान्तरण गर्दै घोराही ११ का द्धय युवा समाज सेवी एंव व्यापारी अभिमन्यु गिरी र केशव नेपालीले दृष्ट्रिविहिन परिवार लाई तिहारमा नयाँ घर उपहार दिने प्रतिवधता जनाएका छन । शनिवार खाद्यान्न सहयोग गदैै यस्तो प्रतिवधता परिवार संग गरेका हुन । घोराही गोरखा वोडिङ्ग नजिक रहेको करिव एक कट्ठा जग्मा नयाँ घर वनाई तिहारमा उपहार दिने भएका छन ।

उक्त परिवार रक्षाचौरमा अरुको घरमा आश्रय लिई वस्दै आएकाले उक्त परिवारका स्थायी वसावासका लागि घरवनाइृदिने वताएका थिए । दुवै आखाँ गुमाएका एकै परिवारका ४ वालवालिकाहरु गणेश गन्र्दभ , गंगा गन्दर्भ , जमुना गन्दर्भ र मनिषा गन्दर्भ दृष्ट्रिविहिन रहेका छन । उक्त सहयोग हस्तान्तरणका वोल्दै समाजसेवी गरी र नेपालीले तिहार सम्ममा आफ्नो नाममा करिव एक कट्ठा जग्मा दुवै जनाको संयुक्त लगानीमा घर वनाई सहयोग गर्ने वताएका थिए ।
सहयोग हस्तान्तरण गर्दै गिरी र नेपालीले आफ्ना आमा र वावुहरु अम्मर गिरी , गोमा गिरी , देवा नेपाली र स्वार्गिय वावु तुलसीराम नेपालीको सम्झनामा दृट्रिविहिन परिवार लाई घर वनाई हस्तान्तरण गर्ने वताए । साथै उक्त खाद्यान्न सहयोग तिजको दर स्वरुप कोसेली हस्तान्तरण गरेको वताएका थिए । सहयोग हस्तान्तरणमा धन्यावाद दिदै गणेश कि आमा रुपा गन्दर्भले सहयोग मनहरु लाई धन्यावाद दिदै स्थायी वासोवासको व्यवस्था गरिदिन अपिल गरेकी थिईन । उत्तःm अवसरमा नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली , राप्ती समाचारका संवाददाता गिरिराज नेपाली लगाएतको सहभागिता रहेको थियो । पिडित परिवारका विभिन्न संघसंस्थाहरुको सहयोग जुट्ने क्रम जारी रहेको छ ।











