दाङ १४ भदौ
स्युजा गाविस ८ को उजाको बागेश्वरमन्दिरसम्म गाडी चल्ने भएको छ । राप्ती अञ्चल सार्वजनिक यातायाता व्यवसायीले बुधवारदेखि नियमित गाडी चलाउन लागेको हो । यस अघि स्युजाको बोजपोखरासम्म मात्र जाने गरेको थियो ।pahilo patak si_nyara ma gadi

विहान ७ बजे घोराहीको ट्राफिकचोकदेखि बस छुटने र उजावाट दिनको २ बजे घोराहीको लागि वस छुटने भएको स्युजा गाविस सचिव खिमेन्द्रसिंह खड्काले जनाएका छन् । सेवा विस्तारसँगै स्थानीयलाई सहज भएको समेत गाविस सचिव खडकाले वताए ।।