तिलक जिसी / साउथ अफ्रिका ।
दाङको लोहार पानी १ मा स्कुल जान धेरै समस्या थियो ।
त्यसैले सोचेजति पढ्न सकिएन । त्यसमापनि हाम्रो देशको द्वन्द्वले घरमा बस्न नसक्ने अवस्था भएपछि झोला बोकेर भारततिर लागें ।
आफ्नो मान्छेको खोजी गर्दै दिल्ली पुगें । केहि दिन कष्टले काटेपछि एउटा रेष्टुरेण्टमा भाँडा माझ्ने काम पाएँ । मन नमान्दा नमान्दै काम थालेपनि यो भन्दा आफ्नै देश फर्कन्छु । तर त्यहाँपनि दुःख त यतिकै हुन्छ फेरि आफूसँग पढाई थिएन ।
अरु काम ग¥यो भने साँझ खान चामल किन्ने पैसा पनि आउँदैन । फेरि एउटा नयाँ योजना मनमा उत्पन्न भयो । हैन, अब भाँडै माझेर सेफ बन्ने सपना देखें । खाना बनाउने मान्छेलाई सेफ भन्दो रहेछ । त्यहि सेफको लक्ष्य लियर अगाडि बढने कोसिस गरें ।
केहि समयपछि खाना बनाउनपनि सिकें । यस्तो काम धेरै रेष्टुरेण्टमा गरें । तर पाँचतारे होटलमा काम गर्न रहर लाग्यो । भिनाजु हेमराज केसीको सहयोगमा पुरा भयो । पछि तीनवटा पाँचतारे होटलमा काम गरें । तर भारतमा मात्रै काम गर्न मन लागेन र अरु देश जान मन लाग्यो ।
तर बाहिर जान त्यति सहज थिएन । विदेश जाने चक्करमा धेरै पैसा फसाएँ । अन्तीममा साउथ अफ्रिका आउने अवसर मिल्यो र अहिले यहिँ कार्यरत छु ।
अहिले मलाई लाग्छ हिम्मत नहारे अवसर एक दिन अवश्य मिल्छ ।










