धनुषा, १४ भदौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने बताएका छन् ।
निर्वाचन नहुँदा अस्थिरता निम्तिने भन्दै थापाले चुनावको विकल्प नभएको बताए ।Former-Home-Minister-and-RPP-Nepal-Chairman-Kamal-Thapa-700-1050915राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा आयोजित सभामा उनले मधेसका प्रमुख समस्या शिक्षा, स्वास्थ्य र गरिबी समाधान गर्न यसअघिको सरकारले ल्याएको ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले धर्म परिवर्तनको डरलाग्दो विषय तराई–मधेसमा फैलिएकामा चिन्ता व्यक्त गरे । उनले  धर्म, संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकको समृद्धि चाहनेले आफ्नो दललाई साथ दिन आग्रह गरे ।