दाङ, ११ भदौ । 
दाङका कलाकारहरुले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘अधुरो प्रेम’ को आज दाङमा च्यारिटी शो गरिएको छ । लामो समयसम्म चलचित्र क्षेत्रमा अनुभव बटुलेका चलचीत्र कलाकारहरुले ठुलो पर्दाको चलचीत्र ‘अधुरो प्रेम’ को घोराहीको निमा चलचीत्र मन्दिरमा च्यारेटि शो गरिएको हो । सामाजिक कथावस्तु समेटिएको चलचीत्रमा आर्थिक अवश्थाका कारण मायामा आउने समस्यालाई उतारिएको छ ।

adhro premमायामा गाउका जमिन्दारको छोरीलाई माया गरेकै कारण गरिब एक अनाथ प्रेमीले भोग्नुपरेको पीडालाई चलचीत्रमा छर्लंगसँग कथामा समावेश गरिएको छ । मायामा धनी र गरिबबीच कुनै अन्तर नरहेको बताउने जोडीलाई छुटाउनकालागी खेलिने खोललाई चलचीत्रमा प्रस्तुत गरिएको छ ।

जसका कारण प्रेम अधुरो भएको कथा चलचीत्र ‘अधुरो प्रेम’ मा समावेश गरिएको छ । अत्याधुनिक प्रवृधिको प्रयोग गरेर निर्माण गरिएको यस चलचीत्रको दाङका विभिन्न स्थानमा छांयाकन गरिएको छ । नागेश्वर पार्वति मन्दिर घोराही ६ मसिनाको भौतिक निर्माण सहयोगार्थ चलचीत्रको च्यारेटि शो गरिएको हो । म्यारोन भुमी एण्ड ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा चलचीत्रको च्यारेटि शो गरिएको चलचीत्रका कथाकार नारायण नेपालले जानकारी दिनुभयो ।

च्यारेटि शोमा दर्शकहरुको उल्लेख्य सहभागीता रहेको थियो । नारायण नेपालको कथा रहेको चलचीत्रमा दंगाली कलाकारहरु सुदन नेपाल, बमबहादुर कुवर, राधा केसी, कमल गाँउले र रेणु विसीको मुख्य भुमीकाको साथमा उत्कृष्ट अभियन रहेको छ । अमर घर्ति (युनिक), बमबहादुर कुवर (अनिस), जगत दलामी निर्माता रहेको चलचीत्रको सहनिर्मातामा सिएन मिडीया प्राली रहेको छ । सन्देश शाहको निर्देशन तथा सम्पादन रहेको यस चलचीत्रको छायांकन देवराज आचार्यले गर्नुभएको हो भने बसन्त पुन, तेज जंग र टिका रोकाको द्धन्द्ध रहेको छ ।।