तुलसीपुर, ११ भदौ । 
नेपाल नेत्रज्योति संघ दाङ अन्र्तगत सञ्चालन भएका यहाँका आँखा अस्पताल तथा उपचार केन्द्रहरुले सन २०१६ को ६ महिनामा एकलाख ३० हजार ३ सय ३३ जना आँखाका विरामीहरुलाई सेवा दिएको बताएको छ । सन २०१६मा एक लाख ८७ हजार आठ सय जनालाई सेवा दिने लक्ष्य लिएकोमा ६ महिनामा लक्ष्य भन्दा बढी विरामीहरुलाई सेवा दिएको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी दिएका छन् ।eyeएक दिने अभिमुखिकरण तथा समिक्षा गोष्ठिमा अर्धवार्षिक प्रगति विवरणको समिक्षामा सहभागीहरुले अस्पतालको विकाशका लागि सवैको साथ र सहयोग आवश्यक पर्ने भएकाले सहयोग गर्नुपर्ने समेत बताए । नेपाल नेत्र ज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा नेत्रज्याति संघका संस्थापनक निवर्तमान अध्यक्ष डाक्टर घनस्याम डाँगीको प्रमुख आतिथ्यमा भएको गोष्ठिमा बोल्दै डाँगीले अस्पतालले स्रोत साधनको कमी हुदा हुदैपनि विरामीहरुलाई सोचे अनुरुप सेवा दिएको भन्दै अफै गुणस्तरीय सेवा दिनु पर्ने बताएका थिए ।

सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवालले आँखा अस्पतालमा रहेका सेवा सुविधा तथा थप आवश्यक पर्ने उपकरणहरुको वारेमा जानकारी गराएकी थिइन् । कटुवालले अन्य अस्पताल सहरह सेवा सुविधाहरु दिनका लागि सुविधा सम्पन्न मेसिन औजारहरु ल्याउनुपर्ने बताईन । उनले हाल भएका सेवालाई बढाउदै लैजानुपर्ने बताइन् । कार्यक्रममा राप्ती आँखा अस्पताल तथा बाहिय कार्यक्रमको वारमा जानकारी गराउदै नेत्र सहयाक सालीकराम गौतमले राप्ती आँखा अस्पतालले छ महिनाको अवधिमा ३५ हजार ८ सय ८५ जनाको आँखा चेक जाँच गर्नुका साथै विभीन्न विद्यालय तथा गाउँमा पुगी निशुल्क आँखा शिविर राखेको बताएका थिए । त्यसैगरी नेपाल नेत्रज्योति संघका सदस्य लिला शाहले नेत्र ज्योति संघका योजना र व्यवस्थापन सम्वन्धी सहभागीहरुलाई जानकारी दिएकी थिइन् ।