काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता तथा नवनिर्वाचित  स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले शुक्रबार शपथ ग्रहण गरेलगत्तै आफ्नो कार्यभार सम्हालेका छन् । स्वास्थ्यमन्त्री बनेको पहिले दिन नै उनले यो पुस्ताले सम्झने गरी काम गर्ने प्रण गरेका छन् ।

Gagan-Thapa

मन्त्रीको सपथ खाए लगतै आफ्नो कार्य कक्षमा पत्रकार हरुसंग कुरा गर्दै नेता थापाले भने – ‘ म एउटा पुस्ताको प्रतिनिधि भएको कारणले गर्दा कुनै नकारात्मक कुरामा सम्झौता गर्दिन । नकारात्मक कुरा चिर्नका लागि नै स्वास्थ्य मन्त्रालय रोजेर आएको हुँ ।’

आफुलाई समयले महत्वपूर्ण अवसर दिएको र अवसर संगै चुनौती पनि त्यतिकै भएकाले आफुले निरन्तर जनहितमा काम गर्ने उनको भनाइ थियो ।