माओवादी केन्द्रले निजगढ काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन आफ्नो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्र सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यस्तो निर्देशन दिएकाहुन । राष्ट्रियताको मामिलामा भारसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्री प्रचण्डले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिवद्धता व्यक्त गरे ।











