काठमाडौं, भदौ १० 
नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दुर्घटनामा २० जनाको ज्यान गएको जानकारी दिएको हो । अरु ५ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ ।700x467xSiddhababa,P20,2815,29.jpg.pagespeed.ic.x95tT8dldU

बसमा ३८ जना यात्रु चढेको हुन सक्ने आशंका गरिए पनि पुष्टी नभएको प्रहरीले जनाएको छ । गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा खसेको हो ।

मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको अवस्थामा बस देखिएको थियो । त्यसपछि प्रहरी उद्दारमा खटिएका थिए ।।