नवलपरासी, भदौ ८
बिहार प्रहरीमा सुराकीको काम गर्दै आएका सुस्ताका एक ब्यक्तिको हत्या अभियोगमा १९ जना नेपाली विरुद्ध भारतमा मुद्दा चलाइएको छ । मुद्दा चलेको थाहा पाएपछि सुस्ताबासी त्रसित भएका छन् । नेपालीलाई डर त्रास देखाइराख्न उनीहरुले मुद्दा चलाएको आरोप सुस्ता बासिन्दाको छ ।  karagar
सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षका प्रभु लोनियाको एक महिना अघि बगाहाको नौरगिंया कटाहाको खेतामा शव फेला परेको थियो ।  सीमापारी भएको घटनामा सीमावारीका मानिसमाथि मुद्दा चलाइएको छ । बिहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो ।

मृतक लोनियो ससुरालीमा बसेर बिहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।‘सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले बिहार प्रहरीलाई जानकारी दिन्थे र नेपालीलाई झुठा आरोप लगाएर सताउँथे’ स्थानीय बासिन्दाको आरोप छ । गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेलाई मुद्दा चलाएको  सुस्तेलीले बताएका छन् ।।