हाल केही समय यता देखि अर्को कामको सुरुवात क्रीयटिभ टेक्नो सोलुसनले गर्दै आएको छ जो सोचे भन्दा निक्कै छिटो फस्टाउदो अबस्थामा छ । घरायसी आबस्यकताका सामानहरु फ्री होम डेलिभरी गर्ने उद्देश्यले सुरु गरियको डेलिभरी सर्भिस बाट ब्यस्त रहने हर कोहि निक्कै खुशी भएको बताउछन । “ अफिसको कामले फुर्सदै मिल्दैन , त्यति बेला क्रीयटिभ टेक्नो सोलुसनको एक कल समस्या हल भन्ने कारोबार लाई सम्झिन्छु ! “ बैंकमा जागिर गर्ने कृष्ण प्रसाद भट्टराईले बताए । उनले थपे “ भोक लागेको बेला होटलकै मुल्यमा मस्म चाउमिन अफिस मै आईपुग्छ । ब्यापारको नयाँ स्टाईल र सेवा देखेर खुशी छु । “बजार एरिया भन्दा तीन किलोमिटर टाढा सम्म फ्री होम डेलिभरी भन्दै ब्याबसाय संचालन गरेका संचालकहरु सुरुवातीमा दुग्ध , मासु , पेय पदार्थ अनि इलेक्ट्रोनिक्स र रिचार्ज कार्डको डेलिभरीमा ब्यस्त छन । पछि माग अनुसार हार्डवेयर र अरु थुप्रै आबस्यकताहरु पनि बजारकै मुल्यमा डेलिभरी गर्ने योजना रहेको संचालक मध्यका एक अमर अधिकारी बताउछन । “ सुरुवातिमा हामी निस्चित बस्तु हरु डेलिभरी गर्दै आएका छौ ।निकट भबिष्यमै हामी अरु थप अत्याबस्यक कुराहरु बाट पनि सेवा दिने योजनामा छौ । “ अधिकारी ले बताए ।
बिहान देखि ब्यस्त रहने परिवार होस या बजारको पहुच भन्दा टाढा रहेका परिवार हुन तिन्लाई लक्षित गरेर आफुहरु एक कल समस्या हलको अबधारणा ल्याएको संचालक मध्यका अर्का सरोज गिरि बताउछन । “ हामीले बजार एरिया देखि तीन किलोमिटर भित्र सम्म सेवा बिस्तार गरेका छौ । हाम्रो उद्देश्य भनेको काममा ब्यस्त रहने परिवार र बजार देखि टाढा रहने परिवार लाई बजारकै भाउमा घरायसी सामान उपलब्ध गराउनु हो । यसका लागि हामी विभिन्न पक्ष सँगको सहकार्यमा घरदैलो मै सामान पुर्याउने काममा लागेका हौ । “ गिरि ले बताए ।
डेलिभरी सामान महँगो पर्ने या गुणस्तरिय नहुने नकारात्मक सोच हुदा हुँदै पनि यता तिर हात हाल्दा सबैभन्दा पैला ग्राहाकको आत्म सन्तुष्टि लाई ध्यान दिइने अर्का संचालक भिउराज थापामगर बताउछन । “हो हामिले पुर्याउने सामान दुई रुपैया भएनी महँगो भयोकी अथवा गुणस्तरहिन हो कि भन्ने आशँका ग्रहाकलाई लाग्नु स्वभाबिकै हो तर हाम्रो मुख्य उद्देश्य सेवा दिनु हो र फाईदा बिक्रेता बाट लिनु हो । हामी गुणस्तर र मुल्यमा सम्झौता गर्दैनौ । बरु घाटामै व्यापार टिकाउछौ तर ग्राहाक लाई सन्तुष्ट पार्छौ । “ थापामगरले बताए ।
क्रीयटिभ टेक्नो सोलुसनको एक कल समस्या हल भन्ने कारोबार बाट बजार भित्रकै पनि बैंक का कर्मचारी देखि सरकारी कार्यालयका कर्मचारीहरु बढी लाभान्बित भएको संगम पौडेल बताउछन । “ हाम्रो कारोबारले सबैभन्दा खुशी कार्यालयका कर्मचारीहरु छन । हामी न्युनतम दुई सयको सामान ग्राहाकको माग अनुसारको ठाउँमा पुर्याउछौ यहि नै लोकप्रीयताको कारण हो । “
– See more at: http://indrenionline.com/2016/08/24/10832/#sthash.hwWqpxIy.dpuf











