दाङ, ६ भदौ ।
दाङ रामपुर ३ बालिम खोलाका दलित दम्पतिको घर निर्माणका लागी विदेशवाट पनि सहयोग प्राप्त भएको छ । अस्ट्रेलियाको सेड्नेमा रहनुभएका नेपालीहरुले आर्थिक संकलन गरी आज वैकमार्फत दलित दम्पत्तिको घर निर्माण लागी सहयोग रकम पठाउनुभएको हो ।ggg

रोजगारीका लागी सेड्नेमा रहनुभएका विकास अधिकारी, तिर्थ खतिवडा, महेस न्यौपाने र रामकृष्ण शर्माले पहल गरी जम्मा गर्नुभएको एक लाख ८२ हजार ४ सय ३० रुपैयाँ वृद्ध नम बहादुर विक र आइती बिकको घर निर्माण कार्यको लागि नेपाल पठाइएको हो ।

चारै जनाले घोराहीस्थित ग्लोबल आइएमइको खातामा जम्मा गरिदिनुभएको हो । साथै सहयोग गर्ने उहाँहरुलाई भवन निर्माण समितिले धन्यवाद ज्ञापन गरेको छ । दलित दम्पत्ति अहिले जीर्ण झप्रोमा वस्दै आउनुभएको छ । तीज अघि नै ति दम्पत्तिका लागी नयाँ घर उपलव्ध गराउने योजना अनुसार काम अघि वढिरहेको निर्माण समितिले जानकारी दिएको छ ।।