ieltsकाठमाडौं ५ भदौ । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीका लागि अंग्रजी भाषाको दक्षता परीक्षण गर्ने इन्टरनेशनल इङलिस टेस्टिङ सिस्टम आइइएलटीएस परीक्षा सञ्चालन गर्न नेपालमा नयाँ संस्था स्थापना भएको छ ।

नया संस्था स्थापनासँगै आइइएलटीएसको तयारीमा बसेका विद्यार्थीलाइ सजिलो भएको छ । यसअघि ब्रिटिश काउन्सिल नेपालले मात्र यस्तो परीक्षा सञ्चालन गर्दे आएको थियो ।

काउन्सिलले जस्तै परीक्षा सञ्चालन गर्ने गरी आइडीपी एजुकेसन नेपाल नामक संस्थाको शुक्रबार उद्घाटन गरिएको हो । पछिल्लो समय नेपालबाट उच्चशिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेका कारण आइइएलटीएसको परीक्षा दिन ब्रिटिस काउन्सिलमा दर्ता गर्न नपाएर भारतसम्म पुनग्नुपर्ने बाध्यता छ ।

आइडीपीले अब सहज रुपमा आइइएलटीएसको दर्ता र परीक्षा नेपालमै पाइने दाबी गरेको छ ।