नवलपरासी, ४ भदौ ।
नवलपरासीको अरुणखोलामा भएको सवारी दुर्घटनामा २ जानको ज्यान गएको छ । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको बर्दघाट नगरपालिका २ का ३५ वर्षीय दीपक चौधरी र ३५ वर्षकै पञ्चराम कुमालको मृृत्यु भएको प्रहरीले जनाएको छ । कार चालकलाई इलाका प्रहरी कार्यालय नयाँ बेलहानीले नियन्त्रणमा लिएको छ ।।











