महेश केसी / रुकुम

भदौं, ४  । अरिङगालको टोकाईबाट रुकुमको काँडा ७ डालिवाङका एक किशोरको मृत्यु भएको छ । साथीहरुसंग अरिङगाल पोल्न गएका १७ वर्षिय मेखवहादुर बुढाको अरिङगालको टोकाईबाट मृत्यु भएको हो । अरिङगालको टोकाईबाट गम्भिर घाईते बुढाको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।

aringalरुकुमकोटको स्थानिय मेडिकल र जिल्ला अस्पतालमा सामान्य उपचार पछि बुढालाई थप उपचारका लागी नेपालगञ्ज लगिएको थियो । श्रावण ३२ गते गाउँ नजिकै रहेको अरिङगालको गोलो पोल्न गएका बुढालाई अरिङगालले छाति लगाएत शरिरका विभिन्न भागमा टोकेको श्रीकृष्ण बुढाले बताए ।