दाङ, भदौ ३ ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङले आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी सरुवा भइ जान लाग्नु भएका जिल्ला वन अधिकृत नवराज काफ्लेलाई बिदाई गरेको छ । वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन अधिकृत काफ्लेलाई पुष्पगुच्छा, टिका तथा खादा ओढाएर बिदाई गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो । जिल्ला वन अधिकृत काफ्लेले करिव दुइ बर्ष दाङमा बस्दा वन तथा वातावरणको सम्वन्धि जिल्ला महासंघले थालेको अभियानमा सहयोग पू¥याएको भन्दै वन महासंघले बिदाइ गरिएको वन महासंघले जनाएको छ ।jilla ban dang बिदाई कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत काफ्लेले आफूले दाङमा रहदा सामुदायिक वन समूहको अगुवाईमा अतिक्रमण ब्यवस्थापन, सुशासन कायम, बैज्ञानिक वन ब्यवस्थापनको काम लगायतका उपभोक्ताका पक्षमा भएका अभियानलाई सहयोग गरेको बताउनुभयो । जिल्ला वन अधिकृत काफ्लेको जिल्ला वन कार्यालय डडेलधुरामा काज सरुवा भएको छ भने दाङको जिल्ला वन अधिकृतका रुपमा जिल्ला वन कार्यालय भक्तपुरबाट सूर्यकान्त सिग्देल आउदै हुनुहुन्छ ।