दाङ, २ भदौ ।
प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा दाङमा रक्तदान कार्यक्रम गरेको छ । प्रजातन्त्रबादी प्राध्यापक संघ जिल्ला समन्वय समिति दाङको आयोजनामा भएके रक्तदान कार्यक्रममा संघमा आवद्ध प्राध्यापक र त्रिभुवननगर जेसिजमा आवद्ध ब्यक्तिहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रजातन्त्रबादी प्राध्यापक संघका केन्द्रीय उपाध्याक्ष धनेश्वर पौडेल, सघका महेन्द्र बहुमुखी क्याम्पस इकाइ सभापति प्रकाश श्रेष्ठ, राजेन्द्रकुमार रेग्मी, सुधिर पोख्रेल, शिषिर गिरी, मुकेश शर्मा, कृष्ण रावत लगायत रहनुभएको छ । संघको ११ औ स्थापना दिवसमा अवसरमा रक्तदान पूर्व अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरिएको थियो ।
प्रजातन्त्रबादी प्राध्यापक संघ जिल्ला समन्वय समिति दाङका सभापति किशोर पोख्रेलको अध्यक्षता एंव संघका केन्द्रीय उपाध्याक्ष धनेश्वर पौडेल र प्रध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस भरतपुरका सभपाति प्रेम शाहको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले प्राध्यापकहरुले शिक्षण पेशामा मात्रै नभइ बिभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको वताएका थिए ।।











