म्याग्दी, २ भदौ ।
म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका छन भने दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका हुन । छट्याङ लग्दा गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका छन ।
बिहान मात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् । घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेंडा मरेका थिए ।
रातको समयमा भेंडा राखेको खर्कमा चट्याङ भेंडा मरेर १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागाईंले क्षतिको विवरण संकलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो ।।
– रासस
