तुलसीपुर २ भदौ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि अझै मतदान जारी छ ।
बिद्युतिय मेसिनवाट मतदान भईरहेको छ । चुनाबमा दाङका ८ जना प्रतिस्पर्धामा उत्रिएका छन् । दाङबाट उपाध्यक्षमा ४ जना , सहमहामन्त्रीमा एक जना र केन्द्रिय सदस्यमा तीन जना प्रतिस्पर्धामा उत्रिएको दाङका एकजना केन्द्रीय सदस्यका प्रतिष्पर्धी भेषराज डाँगीले जानकारी दिए ।
उनका अनुसार दाङका प्रचण्ड बिक्रम न्यौपाने , हरिष चन्द्र भण्डारी , एकराज खड्का र सु्मन खड्काले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका छन् । त्यस्तै सहमहामन्त्रीमा दाङका रमेश पाण्डेले प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा भेसराज डाँगी , सरोज कुमार शाह र राजकुमार धिताल प्रतिस्पर्धामा उत्रिएका छन् । दाङको छिमेकी रोल्पावाट मनोजमनी आचार्यले अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै रुकुमबाट खडग डाँगीले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका छन् भने केन्द्रीय सदस्यमा मुकुन्द खड्का , हरिष चन्द्र खनाल र तारक केसी प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्युठानबाट धुब्र गौतम केन्द्रीय सदस्य र नीमा गिरी कोषाध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै सल्यान बाट दुई जना केन्द्रिय सदस्यमा प्रतिस्पर्धा गरेका छन् । त्यसैगरी दाङ निबासी साधना घिमिरे काठमडौबाट कोषाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएकी छिन् । मतदानको परिनाम आजमात्रै सार्वजनिक हुने छ ।











