काठमाडौँ, १ भदौ । आगामी भदौको पहिलो हप्ता देखी चुरे क्षेत्रमा रहेका वन्यजन्तुको संरक्षण र विकासको लागि विस्तृत अनुसन्धान सुरु हुने भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले संयुक्तरुपमा अयोजना गरिएको चुरे क्षेत्रमा जीवजन्तुको विविधता आँकलन गर्न स्थलगत अध्ययन विषयक छलफल कार्यक्रममा उक्त क्षेत्रमा रहेका जीवजन्तुको संरक्षणसँगै तिनीहरुको वास्तविक अवस्थाबारे जानकारी लिनु अध्ययनको उद्देश्य रहेको आयोजक संस्थाले बताएका छन् ।
कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले प्राकृतिक जीवजन्तुको संरक्षण गर्नु सबैको साझा कर्तव्य रहेकाले यस अध्ययनलाई सफल पार्नको लागि स्थानीयसँग पनि सहकार्य गरी अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत नरेश सुवेदीले दुई वर्ष लगाएर गरिने उक्त अध्ययन पश्चिमको चुरे क्षेत्रबाट सुरु गरिने बताउनुभयो ।











