इन्द्रेणी संवाददाता
दाङ, ३२ साउन
अखिल क्रान्तिकारीको शैक्षिक हड्तालका कारण आजपनि शैक्षिक संस्था प्रभावित भएका छन । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले २ दिने शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै दाङमा आज पनि केहि शैक्षिक संस्थालाई कारवाही गरेको जनाएको छ ।
सो संगठनका दाङ जिल्ला अध्यक्ष हेमन्त जिसीले शैक्षिक हड्ताल छ भन्ने थाहा हुँदा हुँदै पनि अटेर गरेको भन्दै दाङको घोराही सेवारमा रहेको गोदावरी बोर्डिङ स्कुल र पश्चिम दाङको हेकुलिमा रहेको एक स्कुललाई कारवाही गरिएको जानकारी दिनुभयो ।
शैक्षिक आमहड्तालको दोस्रो दिन आज पनि विद्यायहरुले पढाइ सन्चालन गर्न सकेका छैनन ।।
