काभ्रे, ३१ साउन

काभ्रेमा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । काठमाडौंबाट कोशी पारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस कोलातीको खहरे भिरमा दुर्घटना भएको छ ।feature

दुर्घटनामा २२ जनाको ज्यान गएको डिएसपी नबिनराज राइले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ३० जना घाइते भएका छन् । प्रहरीका अनुसार बसमा ५० जना यात्रु थिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।