काठमाण्डौ, ३१ साउन
विवादका बिच नेविसंघको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । प्रतिनिधिको विषयमा रामचन्द्र पौडेल पक्षधरले विरोध गरेपनि नेविसंघको निर्वाचन समितिले चुनावको प्रक्रिया अगाडि बढाएको हो ।
निर्वाचन समितिले अहिले उम्मेदवारको मनोनयन पत्र वितरण गरिरहेको छ । प्रतिनिधि विवाद नमिलाईकनै चुनावको प्रक्रिया थालेको भन्दै पौडेल पक्षले अहिले कांग्रेस पार्टी कार्यालय सानेपामा नाराजुलुस गरेको छ ।
प्रतिनिधि विवादकै कारण हिजो सुरु हुने भनिएको निर्वाचन कार्यक्रम सोमबारसम्म स्थगित गरिएको थियो ।
आज उम्मेदवारी मनोनयन र भोलि मतदानको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।।
