काठमाडौँ ३१ साउन । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज चिन भ्रमणमा जान लागेका छन् ।
नेपाल सरकारको विशेष दूतका रूपमा आज सोमबार मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेका हुन् ।
उनी आज सोमबार नै छेन्दु हुँदै चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । उनी संगै परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल जाने छन् । उनी भदौ ३ गते स्वदेश फर्कने छन् ।