धनिराम शर्मा(ऋतुविचार)
करिब ५ दशक यता प्यूठानमा भिषण वर्षा भयो, श्रावणको दोश्रो साता भिषण वर्षाले प्यूठानको पश्चिम उत्तरका १५ गाविसमा बज्रपात ग¥यो,  मानवीय हताहत तथा भौतिक क्षति भएकोे  समाचार ब्रेक भइरहेका थिए । राप्तीका प्यूठान र रोल्पामा मानवीय क्षति भएका खबर आइरहेका थिए, विशेष गरि प्यूठान अनि फोप्लीमा दैनिक मानिसहरुको शव भैटिएका, घर ढलेका, पहिरो निरन्तर झरिरहेको, जमिन धाजा धाजा भएको समाचारले स्थान पाइरहेका थिए ।  प्राकृतिक विपत्तीले  प्यूठान अनि फोप्ली सबै भन्दा क्षतविच्छेद भएका दृष्य ठोक्किरहेका थिए समाचार स्किनमा । यता पत्रकारिताको मुल मर्म सामाजिक उत्तरदायित्वको भारीले थिचिरहेको थियो । प्रतिकुल मौसमका बावजुद प्यूठान यात्राको साइत जुरेको थिएन, यद्यपी विशेष गरि प्यूठानको प्राकृतिक विपत्तीले निम्त्याएको दर्दनाक कथाको छिटो भन्दा छिटो सार्वजनिक गर्नुको मेरा आगाडि विकल्प थिएनन् । व्यूरो कार्यालय दाङको जिम्मेवारीको हैसियतले राप्तीका पाँच वटै जिल्लाको समाचार स्टोरीको अपडेट गर्न  र गराउनु मेरो दायित्व थिए अपितु भएपनि तर अपेक्षाकृत हुन सकिरहेका थिएनन् । यद्यपी जिल्ला रिर्पाेटर सहकर्मीहरुबाट समाचार अपडेट नभएका भने होइनन् ।

pyuthan-sadakn-3प्राकृतिक विपत्तीले निम्त्याएको दुर्दशाको विशेष छाँयाकन गर्ने तालिकाको माहोल बन्न करिब १० दिन लाग्यो ।  जिल्ला सहकर्र्मी नुमराज पौडेलसंग सम्पर्क गरि राप्ती व्यूरो कार्यालयको नेतृत्वमा जिल्लाको सबै भन्दा बढी क्षति पुगेको फोप्ली पुग्ने योजना बन्यो । १५ गाविसमा सबै भन्दा बढी क्षति भएको फोप्लीबाट जिरो ग्राउण्ड स्टोरीको छाँयाकन गर्ने कार्यक्रम तय भए । संयोगवश दाङबाट प्यूठानको गन्तव्य यात्रामा आत्मीय  मित्र अन्नपूर्ण पोष्टका बरिष्ठ सम्वादाता गजेन्द्र बोहरा पनि हामीसंगैको कार्यमा सहभागी भए । बुधबार बोहरा र म (पंक्तिकार) प्यूठान हानियौ, प्यूठान सहकर्मी नोमराज हाम्रो प्रतिक्षामा थिए, त्यसैदिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसंग जिल्लाको पछिल्लो अपडेट लिन कार्यालय पुग्यौ, प्रमुख जिल्ला अधिकारी पन्तले हामीलाई राम्रो रेस्पोन्स गरेका थिए, बेलुकी ६ बजेसम्म हामीलाई कार्यालयमा भेट गर्न दिए, सरल र सहज स्वभावका पन्तले हामीलाई दिएको सूचनाका आधारमा अर्काे दिन हामी बिहानै फोप्लीबाट जिरो ग्राउण्ड स्टोरी गर्ने योजनाका साथ अघि बढ्यौ, जिल्लाको पछिल्लो अपडेटले  हामीलाई हाम्रो पहिलेको योजना अनुसार नै फोप्लीबाट जिरो ग्राउण्ड रिर्पाेटिङको टार्गेटसंग मेला खायो , यद्यपी प्यूठानका अन्य गाविसमा पनि पुग्नु हाम्रो दायित्व नभएको होइन तर प्रतिकूल मौसमका कारण सबै स्थान पुग्न सक्ने अवस्था थिएन ।

pahiro-480x330जिल्ला रिर्पाेटर नोमराज पौडेल, सहपाठी बोहरा र म (पंक्तिकार) बिहानै चियाको चुस्की लिएर फोप्लीको जोखिमपूर्ण यात्रामा निस्क्यौ, वर्षातको समय, कच्ची भिरालो र डर लाग्दो बाटोमा मोटरसाइकल अनि पैदल यात्रा पक्कै पनि सजिलो थिएन, भीर पहिरो रातोमाटो चिप्लोका कुरा सामान्य नै थिए हाम्रा लागि । फोप्लीबासीको दुखेको घाउमा मलहम लगाउने हाम्रो सुन्दर सपनाका आगडि यात्राको चुनौति नगन्य नै थियो । फोप्लीबासीको विपत्तीले निम्त्याएको दर्दनाक कथाको कभर स्टोरी गर्नु नै प्रधान विषय थियो । त्यही संकल्प बोकेर हामी  बिजुवारबाट मानागाँउ हुदै लुप्लुङ पुगियो झरिमा । जब लुप्लुङ पुग्नु अगाडिको डाँडाबाट फोप्लीको वडा नम्बर ६ को पाखो पुरै भत्किएको दृष्य आफ्नै आँखामा ठोक्कियो जसबाट हामी पनि एकछिन स्तव्ध भैयौ ।

लुप्लुङबाट करिब डेढ घण्टाको हाम्रो हिडाइले अधँेरी खोला छिचोल्दै क्षेत विच्छेदको भूगोलमा पुग्दै गर्दा पीडितहरु आफन्त खोजीरहेका थिए । पीडितका आफन्तको जीवन लिला कालजायी पहिरोले चँुडाइसकेको थियो, भग्नावेश भन्दा अरु केही भेटिएको थिएन । थियो त आफन्तको सम्झनासंगै भत्किएका घर अनि भासिएको पाखो । आफ्नो भत्किएका घरको अवेशष खोज्दै थिए, कोही बिरामी डोकामा बोकेर बिजूवार पुराउने तनावमा थिए । घर आँगनको जिवन गुजाराको आधार मकै बारी धाजा फाटेर हेर्नै डर लाग्ने थियो  । जसरी पहिरोले जमिन फाटेको छ, त्यस्तै उनीहरुको पीडाले मन  फाटेको छ, पहाड नै चिरा चिरा परेको छ । गाँउ नै सखाप भएको छ,। स्वास्थ्य छैन संचार छैन गास छैन बास छैन अनि आफन्तले छोडी गए अब यो ठाँउमा कसलाई हेरेर बस्ने यस्तै यस्तै पीडाका ध्वनीहरु भत्कीएका जमिनमा उभिएर उनीहरु दुखका कहानी सुनाउदै थिए,  भासिएको जमिनको अध्याँेरा चिरातिर नजर ठोकाउदै नियतीको कथा बाचन गर्दै थिए, तीन दिनपछि हेलिकप्टरबाट सरकारी टोली पुगेपनि टोली एकबोरा चामल छोडेर  फर्किएको र त्यसपछि कोही नपुगेको उनीहरुले सुनाए, फोप्ली पुग्नु अघि सिडियो साहेवले त्रिपाल लगायतका अत्यावश्यक वस्तु पठाएको हामीलाई सुनाएका थिए, तर दुइ दिनको फोप्ली बसाईमा हाम्रो टीमले कतै न त त्रिपाल भेट्यो न त औषधीका सामाग्री । कहि कतै प्यूस भेटिएपनि पीडितहरु प्यूसको सेवन कसरी गर्ने अनविज्ञ थिए । स्वास्थ्यको अवस्था निकै दर्दनाक थियो । बास गास कपास सबै विहिन भएका उनीहरुसंग जीउको एकसरो लुगा र पीडाको भारी मात्रै थियो, यद्यपी स्थानीय प्रशासन र केही पाटीका कार्यकर्ताहरुले फोप्ली पुग्नु अघि खलंगामा कुनै समस्या नभएको हामीसंग शेयर गरेका थिए ।

13920989_1175694945803550_1597867173794537989_nतर हामीलाई उनीहरुले शेयर गरेका कुरा फोप्ली पुग्दा सबै मिथ्या जस्तै लाग्यो  । जब फोप्ली पुगेपछि हाम्रो टीमले फोप्लीको प्राकृतिक प्रलयले निम्त्याएको  दर्दनाक दृष्यको छाँयाकन गर्न थाल्यो, पीडितहरु आँसु खसाल्दै आफ्ना दुख हाम्रा क्यामेरामा ठोक्काउदै थिए, एकै स्थानमा दश जनाको पहिरोले ज्यान लिएको रहेछ, एकै कुल घरका सत्र जनालाई पहिरोले निलेको रहेछ , फोप्लीमा २७ ले मृत्युबरण गरेका रहेछन् । अधिकांश बालबालिका र बृद्धाहरुले अनाहकमा ज्यान गएको रहेछ । सयौको उठीबास मानो मुठी फलाउने धर्ती फाटेर टेक्ने ठाँउ समेत छैन । उनीहरुको पीडाको दृष्यले हामीलाई पनि निकै भावुक बनायो,काठमाण्डौमा मन्त्री बन्ने होड चलिरहेको थियो, कसैलाई प्रधानमन्त्री जोगाउने हतारो त कतै राष्टवादी नामका एक हुलहरुले राष्टियताको राजधानीमा ढोल पिटीरहेका थिए, कसैलाई प्रधानमन्त्री बन्ने चटारो थियो त खलंगामा दल र उनका कार्यकर्ता लासमाथि राजनीति गर्दै थिए, अरुले गरेको राम्रो कामलाई सहन नसक्ने केही प्यूठानका दलका कार्यकर्ताले खलंगलाबाटै फोप्लीतिर चश्मा ठडाएका थिए । उनको चश्माले देखेको फोप्लीमा कुनै समस्या नै छैन । यद्यपी माओवादी नेता  कृष्णध्वज खड्का एकदिनका लागि भएपनि फोप्ली पुगेका रहेछन्, आश्वासनको पोको छोडेर उनी पनि तर खड्का पनि पुनः नफर्केको पीडितहरुले सुनाए, केन्द्रीय स्तरका नेता पुगेको खड्का बाहेक अरु कोही नगएका रहेछन्।

vlcsnap-2016-08-09-18h59m36s743चुनावका  बेला भोट माग्नेहरु त आज भोलि कता गए अब गाँउ नजानु भनेर भनिदिनु पत्रकार भन्दै हामीलाई सुनाउदै थिए पीडितहरु । पीडाको आँसुको धारा बगिरहेका थिए, आाक्रोस थियो, संसार शुन्य जस्तै थियो । हाम्रो फोप्ली बसाईको दुइ दिनसम्म कोही पनि देखिएनन्  केन्द्रीय नेताको झोला बोेक्नेहरु, बरु उनका अन्धभक्त कार्यकर्ताहरु खलंगामा कुर्लिरहेका थिए । उनीहरुको कुर्लाइ सोसियल मिडियामा समेत ेदेख्न पाइयो । पीडामाथि राजनीतिको भ¥याङ चढेर भोट सुरक्षित गर्ने उनीहरुको नियत घाम जस्तै छर्लङ्गगै थियो, जुन दृष्य न्यायप्रेमी प्यूठानीलाई राम्रोसंग हेक्का छ ।

फोप्लीको दुइ दिन बसाईमा स्थानीय अगुवा नारायण शर्मा, रामबहादुर भण्डारी, कंग्रेस कार्यकर्ता देवीराम पुनको सहजीकरणले हामीलाई पीडितका कथा छाँयाकन गर्न निकै सजिलो भयो, अत्यन्तै सुन्दर ठाँउ मिठास मानिसहरुको सघन बस्ती फोप्ली प्रकृतिको निर्मम प्रहारले भने टुक्रा टुक्रा भएको छ ।

टुक्रा टुक्रा भएको फोप्लीको दृष्य क्यामेरामा कैद गरेर हामी शानिबार बिजुवार फर्कियौ, हामी फर्किदै गर्दा पीडामा छटपटाएका फोप्लीबासीले हामीलाई विदाईको हात हल्लाउदै थिए, आँसु र पीडाको भारी फुकाउन उनीहरुलाई कसले साथ देला भन्ने प्रश्न हाम्रा मनमा उठिरहेका थिए । पत्रकारको दायित्वको उनीहरुको कथालाई आमसंचारबाट सार्वजनिक गर्न भन्दा अरु त के पो हुन्छ र तैपनि मानवीय भावनाले निकै पोलिरहेको थियो । प्रकृतिको प्रलयको बज्रपात थला परेको फोप्लीको दृष्यको भारी बोकेर बिजुवार हुदै दाङको कार्यालयमा आइयो दोस्ती गजेन्द्र बोहरासंग

सोमबार फोप्लीको न्यूज स्टोरी लेखन तथा  भिजुअल इडिट अनि अपलोड गरि मंगलबार एबीसी न्यूजको स्पेशल कार्यक्रम अप्रेशन विग न्यूजमा फोप्लीको आँसु र पीडाको स्टोरीसहितको दृष्य प्रशारण गरियो । करिब ६ दिनको मेहनतले फोप्लीको कथा प्रशारण गरियो, धेरै मानिसहरुले टिभी स्टोरी हेर्नु भयो । धेरै खाले प्रतिकृया आए धेरैले फोप्लीमाथि ठूलो न्याय गरेकोले हाम्रो मेहनतलाई तारिफ गरे तर केही दलका कार्यकर्ताहरुको  झुण्डले सोसियल मिडियामा नकारात्मक टिप्पणी गर्न पनि भ्याए । समाज द्वन्द्वरत छ सकारात्मक र नकारात्मक प्रतित्रृmया आउछन् तर कति न्यायसंगत छ भन्ने कुरा नै प्रधान हुन्छ ।  जे जस्तो भएपनि पछिल्लो समय  जिम्मेवारहरुको ध्यान आकर्षित भएको खबर प्राप्त भएका छन् । हाम्रो समाचारले पारेको प्रभाव भएकोमा कुनै दुइमत होइन तर लासमाथि राजनीति नगर्नुस् ।

अन्तमा पत्रकारितामा फ्रलो अपलाई कुशल पत्रकारिता मानिन्छ आगामी दिनमा राहात र पुर्नस्थापनाको सवालमा अप्रेशन प्यूठान फोप्लीको निरन्तरता जारी नै हुनेछ । आगामी दिनमा पनि हामी फोप्ली सहित प्यूठानको विपत्तीको कथा लेख्न सदैव क्रियाशिल रहने छौ । हाम्रो लेखनमा न हाम्रो क्यामेरा थाक्ने छ न हामी नै थाक्ने छौ । जय पत्रकारिता ।