सल्यान, ९ बैशाख
विद्यार्थी भर्ना अभियान सुरु भएसंगै सल्यानको एक विद्यालयका शिक्षक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुले निजि विद्यालयमा पढिरहेका छोराछोरी सरकारी विद्यालयमा फिर्ता ल्याएका छन् ।
Community-School
आफ्ना छोरा छोरी र आफन्तहरुले निजी विद्यालय भर्ना भएर पढ्ने तर सरकारी विद्यालय पढाऊने भएपछि सरकारी शिक्षामा अभिभावकको विश्वास गुम्न थालेको भन्दै शिव जनउमावि शितलपाटी सल्यानका शिक्षक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा विद्यार्थी ल्याउन थालेका छन् ।

शिक्षक,अभिभावक र विद्यालय ब्यवस्थापन समितिको भेला गरेरै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।