इन्द्रेणी संवाददाता
दाङ, २७ साउन
राप्तीको पर्यटन विकासलाई प्रवद्र्धन गर्न सबैले पहल गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् दाङ राप्तीको पर्यटन विकासको गेटवे भएकोले प्रवद्र्धनमा लाग्नु पर्नेमा जोड दिएका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको क्यानडाका लागि पर्यटन दुत नरबहादुर टण्डन अभिनन्दन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
दाङ कृषी र सांस्कृतिक पर्यटनको गन्त्व्यसंगै पर्यटकीय प्रवेशद्वार भएकोले यहाँँको भौतिक पूर्वाधार लगायतका विषयमा राज्यको ध्यान पुग्नु पर्ने बक्ताहरुले औल्याएका थिए । पर्यटन दुत तथा कार्यक्रमका अतिथि नरबहादुर टण्डनले क्यानेडियनहरु नेपालको भ्रमण गर्न आतुर भएकोले पर्यटनका पूर्वाधार शिक्षा लगायतमा ध्यान पुग्न सके पर्यटन आगमन बद्ने बताउनु भयो । पर्यटनका सबै आयामले नेपाल समृद्ध भएपनि यसको व्यवसायीकरण हुन अझै नसकेको धारणा राख्नु भयो । पर्यटन उद्योगबाट नेपालको आर्थिक समृद्धि भएकोले समृद्धिको अभियानमा कुनै दल राजनीति भन्दा पनि देशलाई कसरी समृद्ध बनाउने साझा एजेण्डा बन्नु पर्ने विचार राख्नु भयो । नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)ले राप्ती नयाँ गन्तव्य भएकोले यसको प्रचार प्रसार गर्न आवस्यक भएको बताउनु भयो । राप्तीको पर्यटन विकास गर्न दाङमा अन्तराष्टिय विमानस्थल संचालनमा ल्याउन अब ढीला गर्न नहुने बताउनु भयो ।
दाङलाई कृषी र पर्यटनले समृद्ध बनाउने मात्र होइन राप्तीका पाँचै जिल्ला र कर्णालीको डोल्पासम्म यस्को प्रभाव क्षेत्र रहेकोले यसतर्फ सबैको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।
दाङ पर्यटकीय प्रवेशद्वार भएकोले सडक संजाल स्तरीय होटल सूचना केन्द्र र अन्तराष्टिय विमानस्थलको निर्माण गरि पर्यटन उद्योगको विकास गर्न सकिने भएकोले विमानस्थल निर्माणका लागि निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाउनु भएको थियो ।
दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुषालले पर्यटनको विकासको लागि निजी क्षेत्र सदैव तयार रहेको बताउनु भयो । दाङमा अन्तराष्टिय विमानस्थल बनाउनको लागि आफूहरुले नेतृत्व लिन तयार रहेकोले सबै क्षेत्रको सहयोग र साथ आवस्यक रहेको बताउनु भयो ।
दाङ राप्तीको आधार क्षेत्र भएकोले राप्तीको पर्यटकीय रुटहरुको विकास गरि पर्यटनलाई व्यवसायीकरण गर्न सकिने बताउनु भयो । राज्यको पर्यटन नीति र कार्यक्रमलाई निजी क्षेत्रले विशेष ध्यान दिएपनि सरकारी निकायबाट बेवास्ता हुदा पर्यटनको अपेक्षाकृत विकास हुन नसकेको धारणा राख्नु भयो । छलफल कार्यक्रम संचालन गर्नु भएका उद्योग वाणिज्य संघका महासचिव दीपक सुवेदीले पर्यटन विकासको लागि सबैको सहयोग भए पर्यटनले अग्रगति लिने धारणा राख्नु भयो ।
क्यानडाका लागि पर्यटन दुत नरबहादुर टण्डनले पर्यटनको क्षेत्रमा गरेको योगदान नेपालको पर्यटन विकासको लागि फलदायी भएकोले पर्यटनको विकासको अभियानमा निजी क्षेत्र सधै तयार रहेको धारणा राख्नु भयो ।
दाङ देउखुरी होटेल व्यसायी समिति अध्यक्ष रुद्रबहादुर डाँगीले होटेल व्यवसायी समितिले राप्तीको पर्यटन विकासको लागि सूचना केन्द्र स्थापना गरेपनि सरकारी निकायहरुको असहयोगका कारण प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा उवा संघका सचिव सुशिल आचार्य, नयाँ पत्रिकाका दाङ सम्वादाता भूपेन्द्र प्रकास वली, राप्ती पोष्टका सम्पादक शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य आर के शितल लगायत उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उवा संघका उपाध्यक्ष नारायण भुषालले अध्यक्षता गरेको कार्यक्रको सञ्चालन महासचिव दीपक सुवेदीले गर्नुभएको थियो ।