siria dddसाउन २७ सिरिया । सिरियाली शहर एलेप्पोमा रहेका चिकित्कसले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सहयोगका लागि अपिल गरेका छन् ।

एलेप्पोमा रहेका २९ जना फिजिसियनले राष्ट्रपति ओबामालाई पत्र लेखेर सहयोगका लागि अपिल गरेको बिबिसीले उल्लेख गरेको छ ।

उनीहरुले एलेप्पोमा रहेका दुई लाख ५० हजार नागरिकका लागि सहयोगको व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।

अहिले स्वास्थ्य सेवा प्रदायकमाथि आक्रमण भइरहेको र यही दरमा आक्रमण भए अबको एक महिना भित्र एलेप्पोमा कोही पनि चिकित्सक बाँकी नरहने पत्रमा उल्लेख छ ।

चिकित्सकहरुले राष्ट्रपति ओबामासँग एलेप्पोलाई नो फ्लाई जोन घोषणा गरेर हवाई आक्रमण रोक्न आग्रह गरेका छन् । यसैबिच रुसले बिहीबारदेखि एलेप्पोमा तीन घण्टा आक्रमण बन्द गर्ने बताएको छ । त्यो समयमा राहत सामग्री जान दिने रुसको भनाई छ ।

संयुक्त राष्ट्रसंघले भने तीन घण्टा अपर्याप्त हुने बताएको छ । एलेप्पोमा पछिल्ला दिन आक्रमण सघन बन्दै गएका छन् । सिरिया सरकारको विरोधमा रहेका समूहले आक्रमण तीब्र पारेका छन् । यस्तै रुसी सेनाले हवाई आक्रमण गर्दै आएको छ ।