रेखा मगर
दाङ, ९ बैशाख
विद्यार्थी भर्नासँगै हातमा पुरै पुस्तक उपलव्ध हुन नसकेको दाङमा अवको एक हप्ताभित्रै पुरै पाठ्यपुस्तक उपलव्ध गराइने भएको छ । दाङमा कक्षा १ देखि ५ कक्षासम्मको पुस्तक वजारमा प्रर्याप्त रहेको दावि गर्दै जिल्ला शिक्षा कार्यालयले ६ कक्षा देखि ९ कक्षा सम्म केहि पुस्तक अभाव रहेको जानकारी दिएको छ ।
indexजिल्ला शिक्षा अधिकारी रमेश मैनालीले  जिल्लामा पुरै पाठ्यपुस्तक उपलब्ध गराउन एक हप्ता भन्दा वढि समय नलाग्ने वताउनुभयो । जनक शिक्षा सामाग्री केन्द्रसंग अभाव भएका पुस्तकको माग गरेको र उपलव्ध गराउने प्रतिवद्धता आएको मैलानीको भनाइ छ ।

जिल्लामा यस वर्ष ६, ७, ८ र ९ कक्षाको नेपाली, अंग्रेजी, कम्प्युटर विषय, गणित, अर्थशास्त्र लगाएत विषयको पुस्तक अभाव रहेको छ । पाठ्यक्रम परिवर्तन भएर नयाँ पुस्तक नलेखिएको, नाकावन्दी जस्ता कारणले पुस्तकको आँशिक अभाव देखिएको उहाँको भनाइ छ । जिल्लामा प्रावि तहमा ५५ हजार सेट, निमावि तहमा ३२ हजार सेट र मावि तहमा १६ हजार सेट पाठ्यपुस्तक आवश्यक पर्ने जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो  ।

यसैबीच, जिल्लामा रहेका कानुनी मान्यता प्राप्त नभएका र अनुमति विना सन्चालन भइरहेका विद्यालयका कारण विद्यार्थीको शिक्षण सिकाइमा असर पर्ने उहाँले वताउनुभयो । समयमै अभिभावकलाइ सामुदायिक विद्यालयमा वालवालिका भर्ना गराउन आगह गरेको भन्दै उहाँले केहि विद्यालयमा अटेर गरेर विद्यार्थी भर्ना गर्ने होडवाजी चलेको भन्दै त्यस्ता विद्यालयलाइ पुर्ण रुपमा वन्देज लगाइने उहाँले वताउनुभयो ।।