रुकुम, ८ बैशाख
घरको आर्थिक अवस्था कमजोर भएपछि रुकुमका अधिकांश विद्यार्थी पैसा कमाउन भारत जाने गरेका छन । यस बर्षको एसएलसी परिक्षा सकिएसंगै रुकुमका अधिकाँस बिद्यार्थी पैसा कमाउन भारत जान थालेका छन । घरमा आर्थिक अबस्था कम्जोर, गाउ घरमा कुनै काम नपाइएपछि उनीहरु भारत गएर श्रम गर्न वाध्य छन ।

एसएलसीपछिको खाली समयमा सीप र ज्ञान आर्जन गर्ने समयमा पैसाका लागी उनीहरु त्यो अवरसरवाट वन्चित हुनुपरेको छ । रुकुमको पुर्तिमकाँडा ५ खागलको जनकल्याण माबि खागलका अधिकाँस बिद्यार्थीहरु कामको खोजीमा भारत गईसकेका छन् भने कोही जाने तयारीमा रहेका छन ।

आफुमा कम्प्युटर सिक्ने रहर भएपनि खलंगा जानुपर्ने, घरको आर्थिक अबस्थाले नभ्याउने, गाँउमा केही काम नपाउने भएकाले काम खोज्दै कालापार जान लागेको महेश बुढाथोकिको वताउनुभयो । महेश जस्ता धेरै विद्यार्थीहरु एसएलसीको नतिजा नआउदा सम्म भारतमै बसेर काम गर्ने र त्यहाँवाट कमाएर ल्याएको पैसाले उच्च शिक्षा अध्ययनका लागी बिद्यालयमा भर्ना हुन गरेका छन ।।